मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सौरभ र आहना
News Desk
Jan-06 , 2022 तारिख 05:02 बेलुका

काठमाडौं| सौरभ बिक  र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् ।  सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१  को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै उनीहरुले एक लाख बराबरको पुरस्कार राशी जितेका छन्, जसमा थाइल्याण्ड टुर प्याकेज, म्युजिक भिडियोमा अभिनयको अवसर, निशुल्क फोटो एवम्      भिडियो शुट आदी सुविधा समावेश छ । साथै  एक बर्षका लागि उनीहरु आयोजक कम्पनीको ब्राण्ड एम्बेसडर चयन भएका छन् ।  यसका अलवा उनीहरुले विभिन्न गिफ्ट् हाम्पर समेत प्राप्त गरेका  छन् । मिस्टर एण्ड  मिस टिन इन्टरनेशनल नेपाल २०२१  को उपाधी हात पारेसँगै उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड  मिस टिन इन्टरनेशनलमा सहभागीता जनाउन पाउनेछन् ।  

त्यस्तै प्रतियोगिता  अन्तर्गत फर्स्ट रनर अपमा एरिक श्रेष्ठ र रश्मी बुढाथोकी, सेकेण्ड रनरअपमा सुदिप कार्की र हेभेन उपाध्या, थर्ड रनरअपमा राजकुमार परियार र नैना गुरुङ विजेता बन्न सफल भए भने प्रणय राई  र स्मारिका बरालले अर्गनाइजर च्वाइसको उपाधी हात पारे ।  राज दोङ् (आरडी) र निशान्त ठाकुरको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा इरि  तुलाधर र प्रसेन श्रेष्ठले इभेण्ट होस्टको भूमिका निर्वाह गरेका थिए ।  कार्यक्रम सौहार्दपुर्ण वातावरण माझ सम्पन्न भएको इभेण्ट आयोजक आनन्द सिंहले जानकारी दिएका छन् ।