News Desk
सोलुखुम्बु — २६ पुस २०७८
सोलुखुम्बु , एमाले सोलुखुम्बको जिल्ला अध्यक्षमा डुफकुमार बाँस्तोला सर्वसम्मत चयन भएका छन् । पुस २३ देखि जारी एमालेको सातौँ जिल्ला अधिवेशनले बाँस्तोलाको अध्यक्षतामा सहमतिबाटै नेतृत्व चयन गरेको हो । नेचा सल्यान गाउँपालिका अध्यक्षसमेत रहेका बाँस्तोला तत्कालीन माओवादी केन्द्रसँगको एकताअघि एमाले जिल्ला कमिटीमा उपाध्यक्ष रहेका थिए । बाँस्तोलाले नेकपा विवादको समयमा केपी ओली पक्षको जिल्ला अध्यक्ष बनेका थिए ।
अदालतको फैसलापछि पूर्ववत रुपमा फर्किएको केही समयपछि अध्यक्ष मानवीर राईले राजीनामा दिएर बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए । एमालेको जिल्ला अधिवेशनले पार्टी विभाजनपछि माओवादीबाट एमाले प्रवेश गरेका युवा नेता आशकुमार राई ‘शिशिर’लाई जिल्ला सचिव चयन गरेको छ । गएराति अबेर भएको सहमतिबाट हर्कबहादुर राई उपाध्यक्ष बनेका छन् भने दीपक राजभण्डारी र मिङ्मा शेर्पा उपसचिव बनेका छन् । नवनिर्वाचित जिल्ला अध्यक्ष बाँस्तोलाका अनुसार ९० सदस्यीय जिल्ला कमिटी पनि सर्वसम्मतमै चयन गरिएको हो ।
( कान्तिपुर दैनिक )