बागलुङमा २७ केजी गाँजासहित युवक पक्राउ
News Desk
Jan-11 , 2022 तारिख 02:00 बेलुका

बागलुङ — २७ पुस २०७८    

बागलुङ , बोरामा लुकाएर बिक्रीका लागि हिँडेको अबवस्थामा २७ केजी गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बेलुकी जिल्ला प्रहरीको टोलीले गलकोट नगरपालिका–५को एक रेस्टुरेन्टमा खाजा खान लागेको अवस्थामा उक्त परिणामको गाँजासहित युवक पक्राउ गरेको हो । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–८ खोलाखर्कका २७ वर्षीय प्रकाश पाइजा रहेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरीको सादा पोसाकको टोली उक्त रेस्टुुरेन्टमा पुगेको थियो । उनको साथमा प्लास्टिकमा बेरेर बोरामा हालेको अवस्थाको गाँजा भेटिएको हो । गाँजासहित पक्राउ गरेर पाइजालाई प्रहरी हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय गलकोटले घटनाको अनुसन्धान गरिरहेको हवारीले जानकारी दिए ।            

( कान्तिपुर दैनिक )