माधव नेपाललाई कोरोना संक्रमण
News Desk
Jan-11 , 2022 तारिख 04:06 बेलुका

काठमाडौँ — २७ पुस २०७८     

काठमाडौँ , नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।  

अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनमा कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेटेड भएर बसेको गौतमले इकान्तपुरलाई बताए ।      

( कान्तिपुर दैनिक )