धादिङको रुबी भ्यालीमा पहिरो, एक्स्काभेटर चालकसहित ३ जना पुरिए
News Desk
Jan-13 , 2022 तारिख 11:01 बिहान

काठमाडौँ — २९  पुस २०७८   

काठमाडौँ , धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १-पुरूमा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय बेपत्ता रहेको गाउँपालिकाकी उपाध्यक्ष विना लामाले जानकारी दिइन् ।

घटनास्थलमा पुग्न समय लाग्ने भएकाले विस्तृत जानकारी नआइसकेको उनले बताइन् । अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीय टोली गइरहेको पनि उपाध्यक्ष लामाले जानकारी दिइन् ।         

( कान्तिपुर दैनिक )