नेपाल चेम्वर अफ कमर्सद्वारा राहत सामाग्री हस्तान्तरण
News Desk
Jan-15 , 2022 तारिख 02:54 बिहान

काठमाडौं ।  नेपाल चेम्वर अफ कमर्सले अफगानी जनताको लागि मानवीय सहयोगार्थ राहत सामाग्रीहरु हस्ताण्तरण गरेको छ ।  चेम्वर अफ कमर्सले करिव २० लाख मूल्य वरावरको राहत सहयोग उपलब्ध  गराएको हो ।  उक्त राहत सामाग्री चेम्बरको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गरे । 


उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरेकामा मन्त्री खड्का प्रति आभार प्रकट गर्दै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्‍याएकोमा चेम्बर अफ कमर्शलाई धन्यबाद ज्ञापन गरे ।

धेरै पढिएको