स्वर्गिय मानन्धरको शोभा भगवतीमा अन्त्येष्टी
News Desk
Jan-21 , 2022 तारिख 02:49 बेलुका

 

काठमाडौं- साल्ट ट्रेडिङ संचालक समिति अध्यक्ष एवम् पूर्व सांसद स्वर्गिय लक्ष्मीदास मानन्धरको पार्थिव शरीरलाई शोभा भगवतीमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टी पूर्व ठहिटी स्थित निवासबाट शवयात्रा गराई अन्तिम श्रद्धांजलीका लागि पार्थिव शरीरलाई ईन्द्रायणी मन्दिर परिसर भित्र राखिएको थियो । उनको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, सरकारी अधिकारी, उद्योगपति, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थिए । 

दागबत्ती दिनु अघि बौद्ध परम्परा अनुरुप मन्त्रोउच्चाहरण सहितको अन्त्येष्टी विधि एवम् रित पुरा गरिएको थियो ।

धेरै पढिएको