ब्रेन ट्युमर रोगी घिसिङलाई दोरम्बा फाउन्डेसनले जुटायो सहयोग
News Desk
Jan-22 , 2022 तारिख 08:36 बेलुका

 

रामेछाप ।  ब्रेन ट्युमरबाट ग्रसित दोरम्बा शैलुङ्ग पालिका वडा नं  २ का २५ बर्षिय सोनाम घिसिङको उपचारर्थ  दोरम्बा फाउन्डेसनले आर्थिक सहयोग जुटाएको छ ।  
         
शनिवार एक कार्यक्रम माझ फाउन्डेसनका अध्यक्ष बिजय लामाले ब्रेन ट्युमर रोगी घिसिङकी जीवनसंगीनी अस्मिता मोक्तानलाई नगद २१हजार हस्तान्तरण गर्दै थप उपचारका लागि पहल गर्ने बताए।

अध्यक्ष लामाले सोनामको आर्थिक अवस्था निकै कमजोर भएकाले फाउन्डेसनको तर्फबाट सहयोग जुटाउनु परेको बताए।
    
वीर अस्पतालको शयन कक्षमा उपचार गरिरहेका 
सोनामलाई हाल कोभिड संक्रमण देखिएकाले शल्यक्रिया साथै थप उपचार गर्न कठिनाइ भएको अस्पताल स्रोतले जनाएको छ।वरिष्ठ न्युरो सर्जन डा.प्रकाश बिष्ट र समूहले 
उनको परिक्षण लगायत आवश्यक उपचार गरिरहेको छ ।  
     

संक्रमणका कारण बिरामीको आगामी दिनमा लाग्ने अनुमानित खर्च बारे एकिन भैनसकेको सोनमकी श्रीमती अस्मिताले बताईन्। साथै उनले समस्या परेको बेला सहयोग गर्ने आफन्त र अन्य सहयोगी दाताहरुमा आभार व्यक्त गरेकी छिन् ।