एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण
News Desk
Jan-23 , 2022 तारिख 12:11 बेलुका

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनलाई संक्रमण भएपछि  समसामयिक विषयहरूमा आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम प्रेस विज्ञप्तिमार्फत एमालेले धारणा सार्वजनिक गर्ने भएको छ । ओली बालकोटस्थित निवासमै आइसोलेसनमा रहेको उनी निकटस्थहरूले जानकारी दिएका छन् ।