सामूहिक बलात्कार आरोपित नौ जना थुनामा
News Desk
Jan-27 , 2022 तारिख 12:25 बेलुका

काठमाडौँ — १३ माघ २०७८    

काठमाडौँ , जिल्ला अदालत काठमाडौंले सामूहिक बलात्कार आरोपित नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । गत पुस १२ र १३ मा काठमाडौं–२६ गोंगबु मित्रनगरस्थित गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अदालतले बुधबार थुनामा राख्ने आदेश दिएको हो ।

सामूहिक बलात्कारको आरोपमा प्रहरीले मुगु छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, २४ वर्षीय चन्द्र साउद, सोही नगरपालिका–६ का लिउडीका २१ वर्षीय सुरेश सेज्वाल र अर्घाखाँची सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिषलाई पक्राउ गरेको थियो ।

अदालतले घटनामा प्रयोग भएको होटलका सञ्चालकहरू तीन जनासँग जनही ३/३ लाख रुपैयाँ धरौटी माग गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।              

( कान्तिपुर दैनिक )