मधेस प्रदेशमा गठबन्धनकी अर्याल र सिद्धिकी विजयी
News Desk
Jan-27 , 2022 तारिख 12:42 बेलुका

धनुषा — १३ माघ २०७८    

धनुषा , मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६१५६ मतभारसहित निर्वाचित भएकी छन् । यस्तै अन्य समूहमा जनता समाजवादी पार्टी(जसपा) नेपालका खालिद सिद्धिकी ६६७८ मतसहित विजयी भएका छन् । अर्यालले स्थानीय तहबाट १५८ मत र प्रदेशतर्फ ६९ मत प्राप्त गरी ६१५६ मतभारत प्राप्त गरिन्भ ने सिद्धिकीले स्थानीय तहतर्फ १७१ र प्रदेशतर्फ ७५ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरकी प्रमुख पुष्पा झाले बताइन् ।

पुरुषतर्फ एमालेका उसमान अन्सारीले प्रदेशबाट २५ र स्थानी तहबाट ८५ मत प्राप्त गरी २७६६ मतभार प्राप्त गरे भने महिला समूहबाट लोसपाकी उम्मेदवार रुपा यादवले स्थानीयतर्फ ८१ र प्रदेशबाट २७ मत प्राप्त गरी २७५४ मतभार प्राप्त गरेकी छन् । एमालेकी उम्मेदवार बीना साहले स्थानीयतर्फ ९ र प्रदेशतर्फ ३ गरी कुल ३०६ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरले जनाएको ।              

( कान्तिपुर दैनिक )