दोरम्बामा स्वास्थ्य सामाग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न
News Desk
Jan-29 , 2022 तारिख 10:04 बिहान


रामेछाप ।  दोरम्बा फाउन्डेसनले दोरम्बा शैलुङ्ग गाउँपालिकास्थित वडा न २मा अवस्थित स्वास्थ्यचौकी र वडा कार्यालयमा कोभिड प्रतिरक्षा स्वास्थ्य सामाग्री वितरण गरेको छ।करीब ५०हजार मुल्य बराबरको मास्क ,सेनेटाइजर र पीपीआई भिन्नाभिन्नै कार्यक्रम माझ फाउन्डेसनका अध्यक्ष विजय लामाले वितरण गरेका हुन।
     
ईलाका अस्पताल दोरम्बामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले कोभिड महामारीले बिषम  परिस्थिति सिर्जना गरेकाले निर्धारित स्वास्थ्य शिविर  संचालनमा ल्याउन नसकेको र फाउन्डेसनले आगामी दिनमा स्वास्थ्य तथा जनचेतनामुलक कार्यक्रम अगाडि बढाउने  बताए।सोही अवसरमा अध्यक्ष लामाले  ग्रामिण भेगमा स्वास्थ्य, शिक्षा ,खेलकुद र  कृषिको आधुनिकतालाई बढवा दिदै विकासमा  स्थानीय सरकारसँग सहकार्य गर्ने योजना रहेको  उल्लेख गरे ।
      
 ईलाका स्वास्थ्यचौकी दोरम्बाका  स्वस्थ्यकर्मी छिरिङ मोक्तानले स्वास्थ्य सेवाका चुनौती र संभावना बारे आफ्नो धारणा राखेका थिए।स्वास्थ्यकर्मी  मोक्तानले सामाजिक संस्थाहरुसँगको सहकार्यमा स्वास्थ्य सेवा दिन सके प्रभावकारी हुने धारणा ब्यक्त गरेका थिए।कार्यक्रममा जनप्रतिनिधि रन्जित मोक्तान लगाएतले आफ्नो मन्तव्य व्यक्त गरेका भने कार्यक्रमको संचालन फाउन्डेसनका सचिब रन्जित थिङ्गले गरेका थिए।