सर्लाहीमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
News Desk
Jan-30 , 2022 तारिख 11:24 बिहान

सर्लाही — १६ माघ २०७८    

सर्लाही , पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते छन् । गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदैगरेको ना ७ ख ७५३ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई पल्टिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही स्थनका आरुण खड्का भने गम्भीर घाइते छन् । खुट्टा काटिएको अवस्थामा उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । बस पल्टिँदा बसमा सबार ४० जनामध्ये १२ यात्रु घाइते भएका हुन्। उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पततालमा पुर्‍याइएका घाइतेमध्ये ७ जना आ–आफ्नो घर फर्किसकेका छन् । ४ जना घाइतेको अझै उपचार चलिरहेको छ । १ जनाको भने सिरहातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।            

( कान्तिपुर दैनिक )