News Desk
रामेछाप — १९ माघ २०७८
रामेछाप , लायन्स क्लब अफ नेपालका पूर्वगर्भनर शम्भुप्रसाद घिमिरेले रामेछाप नगरपालिकाका ३ वटा विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सयभन्दा बढी बालबालिकालाई न्यायो कपडा वितरण गरेका छन् । मंगलबार गौरीशंकर मावि, भंगेरी मावि र बालमन्दिर आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यायो कपडा वितरण गरिएको हो ।
लायन्स क्लब अफ रामेछापको आयोजना र फेलोसिप लायन्स क्लबको सहकार्यमा न्यायो कपडा वितरण भएको घिमिरेले बताए । यसअघि घिमिरेले शारदा संस्कृत मावि बाबियाखर्कका बालबालिकालाई न्यानो कपडा र जुत्ता वितरण गरेका थिए । रामेछाप नगरपालिकाका समन्वयमा भएको कार्यक्रममा घिमिरेले विद्यालयको मागको आधारमा नगरका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने योजना रहेको बताए ।
( कान्तिपुर दैनिक )