मोरङ व्यापार संघ अध्यक्षमा रिजाल
News Desk
Feb-03 , 2022 तारिख 11:41 बिहान

मोरङ — २० माघ २०७८   

मोरङ , उद्योगी, व्यवसायीको मुलुककै पुरानो संस्था मोरङ व्यापार संघको अध्यक्षमा नवीन रिजाल चुनिएका छन् । निर्विरोध निर्वाचित १६ सदस्यको सम्हूले अध्यक्ष पदमा रिजाललाई चयन गरेको हो । २००७ मा स्थापित व्यापार संघमा रिजाल ३३ औं कार्यसमितिका अध्यक्ष भएका हुन् । यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका उनी ‘रिजालको’ ब्रान्डका पानीट्यांकी, पाइप, एलपी ग्यासलगायत वस्तुका उत्पादक हुन् । संघको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार साह, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल सारडा निर्वाचित भए ।

यसैगरी सचिवमा सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश अग्रवाल छानिएका छन् । संघका निर्वाचित सदस्यमा श्याम राठी, विनित सिंघानियाँ, मनीष मारू, सुशील सुराना, अमित सारडा, आशिष जाज्, दीपेश सुवेदी, देवाशिष गोल्छा र पवन राठी छन् । संघका ८ वटा विभिन्न शाखाबाट उर्लाबारी शाखाका चन्द्र भट्टराई सदस्यमा चुनिएका छन् । अध्यक्ष रिजालले अमित राठी, विवेक अग्रवाल, अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई संघको कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् । आमन्त्रित सदस्यमा बन्दना जैन र ओमप्रकाश शर्मालाई मनोनीत गरिएको छ ।               

( कान्तिपुर दैनिक )