बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, यातायात अवरुद्ध
News Desk
Feb-04 , 2022 तारिख 11:40 बिहान

बैतडी — २१ माघ २०७८   

बैतडी , बैतडीसहित सुदूरपश्चिममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझबाट जिल्लाका खोड्पे , सद्बबाज,मुस्याचौर , ढोल्यामोड,अनारखोलीलगायतका स्थानमा हिमपात भएको हो । सदरमुकाम खलंगाको गढी,शाहीलेकमा पनि केहीबेर हिमपात भएको थियो । हिमपातले बिहीबार रातिबाटै यातायात अवरुद्ध भएका छन् । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे , सद्बबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् ।

यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् । बिहीबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएकाले जनजीवन कष्टकर बनेको दोगडाकेदार गाउँपालिकाका भोजराज जोशीले बताए । लगातार हिउँ परिरहेका कारण सडकमा एक्स्काभेटर लगाउन नसकिएको प्रहरीले बताएको छ ।                    

( कान्तिपुर दैनिक )