‘जमिन दिलाईदिन्छु’ भन्दै ठग्ने २ पक्राउ
News Desk
Feb-07 , 2022 तारिख 02:21 बेलुका

काठमाडौँ — २४ माघ २०७८    

काठमाडौँ , सुकुम्बासीलाई ‘जमिन दिलाईदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने ३८ वर्षीय होम नारायण चौधरी र बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारी छन् । आइतबार काठमाडौं–१६ वसन्तपुरस्थित एक क्याफेमा ‘जग्गा वितरण गर्छौं फाराम भर्नुपर्छ’ भनी रकम असुली गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

‘आफूहरुलाई भूमी आयोगले खटाएका व्यक्ति भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँका दरले माग गरी फाराम भराइरहेको अवस्थामा २ जना प्रक्राउ परेका हुन्,’ मैनालीले भने ।  उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर, स्पिकर, मोबाइल ३ थान, विभिन्न फाराम र रेकर्ड फाइल बरामद गरिएको छ ।    

( कान्तिपुर दैनिक )