News Desk
काठमाडौँ — २४ माघ २०७८
काठमाडौँ , एनआईसी एसिया बैंकले गत कात्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’मा ग्राहकका लागि थप फाइदामुलक बनाएको छ । सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई थप वृद्धि गरी १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको छ ।
त्यस्तै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । कुल २४ सर्वश्रेष्ठ फाइदा भएको योजनाहरूमा ग्राहकले अत्यन्त उत्साहजनक सहभागिता जनाई सफल भएको बैंकले जनाएको छ ।
( कान्तिपुर दैनिक )