तुलसीपुरमा आगलागीबाट मृत्यु भएका पाँचै जनाको सनाखत
News Desk
Feb-11 , 2022 तारिख 12:36 बेलुका

दाङ — २८  माघ २०७८    

दाङ , तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोर्डिङ चोकस्थित इरम फुटवेयर पसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा एक बालक, एक महिला र तीन पुरुष छन् । मृत्यु हुनेमा १३ वर्षीया सुजिता खातुन, १४ वर्षीय हसन बक्स, १६ वर्षीय मसिन बक्स, ४० वर्षीय नजरद्धिन अली र ५ वर्षीय बालक आदिद्धिन अली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । मृतकहरू घरको तेस्रो र चौथो तलामा डेरा गरी बस्ने विभिन्न परिवारका रहेको उनले बताए ।

हुसेन बक्सले भाडामा लिई जुताचप्पल पसल तथा गोदाम सञ्चालन गरिरहेको चार तले घरमा राती दुई बजेदेखि आगलागी भएको र बिहान ७ बजेमात्रै आगो नियन्त्रणमा आएको उनले बताए । विद्युत सर्ट भएर आगलागी भएको र घरभित्र रहेका सबै जना बाहिर निस्कन नपाएपछि जलेर मृत्यु भएको अर्यालले बताए । तुलसीपुर, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले आगो निभाउन रातभर प्रयास गरेका थिए । 

( कान्तिपुर दैनिक )