मिर्गौला प्रत्यारोपण सबै सफल
News Desk
Feb-13 , 2022 तारिख 12:33 बेलुका

भक्तपुर —  ०१ फागुन २०७८   

भक्तपुर . भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गरिएका पछिल्ला ५० वटै मिर्गौला प्रत्यारोपण सफल भएको छ । केन्द्रका अनुसार तीमध्ये केही जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत थिए ।  ‘हाम्रो टिमले गरेका पछिल्ला ५० वटै प्रत्यारोपण सफल भयो,’ केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने, ‘यसबीचमा जटिल र जोखिमपूर्ण प्रत्यारोपणसमेत गरेका छौं ।’

डा. श्रेष्ठ चार महिनाअघि दोस्रो पटक केन्द्रका कार्यकारी निर्देशक भएर आएका हुन् । सफल प्रत्यारोपण गरिएकामध्ये एक जनामा दोस्रो पटक प्रत्यारोपण गरिएको हो । ती बिरामीको पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले केही वर्ष काम गरेर फेल भएको थियो । त्यस्तै शरीरमा अत्यधिक एन्टिबडी भएकी एक महिलाको पनि विशेष प्रविधिद्वारा एन्टिबडीको तह सामान्य बनाएर प्रत्यारोपण गरिएको थियो ।    

( कान्तिपुर दैनिक )