निक्षेपमा वृद्धि गरिएको व्याज दर सम्वन्धमा चेम्वरको गम्भीर ध्यानाकर्षण
News Desk
Feb-13 , 2022 तारिख 09:41 बेलुका

निक्षेपमा वृद्धि गरिएको व्याज दर सम्वन्धमा चेम्वरको गम्भीर ध्यानाकर्षण
 
बैंक तथा वित्तीय संस्थाहरूले हालै निक्षेपमा गरेको व्याज दर प्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ । आईतबाट प्रेस बिज्ञप्ती जारी गर्दै चेम्बरले आफ्नो धारणा  सार्वजनिक गरेको हो । चेम्बरद्वारा जारी बिज्ञप्तीमा आयातित वस्तुहरुमा एलसीबाट हुने कारोवारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने  प्रावधानले व्यावसायीक क्षेत्रलाइ चुनौति सृजना भइ रहेको परिप्रेक्षमा हाल आएर  निक्षेपमा दिइने ब्याज दर वृद्धिले थप चुनौति सृजना भएकोे चेम्वरले उल्लेख गरेको छ । 

‘यस बाट समस्त निजी क्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था रहेका छन ।कोभिड १९ को महामारीले सवै उद्यमी व्यवसायीहरु घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु आक्रान्त भएको वेला व्यवसायिक गतिविधीलाई शिथिल बनाउने गरी ल्याइएको व्याजदर वृद्धिले बंैक वित्तिय संस्थालाई मात्रै फाईदा पुग्ने भएको छ । आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नु पर्ने र रेमिट्रयान्सको चुहावटलाइ रोक्नु पर्ने बेलामा व्यवसायलाइ प्रतिकूल हुने गरी लागू गरिएको वैकिड तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यस तर्फ समयमै केन्द्रीय वैंकको ध्यानाकर्षण हुन अति जरुरी छ ।’ बिज्ञप्तीमा जनाईएको छ ।  
 बिज्ञप्तीमार्फत धारणा  राख्दै चेम्बरले भनेको छ 
,यस सन्दर्भमा ब्याजदर वृद्धिबाट दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाइनै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुदा हुंदै व्याजदर वृद्धि मार्फत तरलताको  दीर्घकालीन समाधान नहुने भएकोले नेपाल सरकारले पुंजीगत खर्च वढाउन कडा कदम चाल्नु पर्ने चेम्वरको धारणा रहेको छ । तसर्थ नयां व्याजदर कार्यान्वयन नल्याउन नेपाल चेम्वर अफ कमर्स जोडदार माग गर्दछ’ ।