गति नियन्त्रण गर्न भीटीआरएस जडान
News Desk
Feb-14 , 2022 तारिख 12:13 बेलुका

काठमाडौँ नेपालगन्ज — ०२ फागुन २०७८    

काठमाडौँ नेपालगन्ज, बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्र्याकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) प्रविधि जडान गरेको छ । निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

‘संरक्षित जनावर बचाउनु पहिलो उद्देश्य हो,’ उनले भने, ‘गति नियन्त्रणले निकुञ्ज क्षेत्रभित्र हुने छेडखानी र आक्रमणलाई पनि नियन्त्रण गर्न सकिन्छ ।’ निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा सवारीसाधनलाई प्रतिघण्टा ४० किलोमिटर गतिको नियम बनाइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर भाग पर्छ ।    

( कान्तिपुर दैनिक )