News Desk
काठमाडौँ ।सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ त्यसको विपक्षीमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ ।यही निष्कर्ष लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउनेबारे बैठकमा नेताहरुले ब्रिफिङ गरेका छन् ।
‘संसद् सुचारु नहुने सम्म कुनै एजेण्डा अघि बढाउन सकिदैन, संसद् अवरोधको अवस्थामा अघि बढने र एमसीसी पेस भए हामी त्यसको विपक्षमा जाने भन्ने निर्णय भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘ प्रस्तावको विपक्षमा उभिएपछि हामी सरकारमा बसिरहने भन्ने नैतिक रुपमा मिल्दैन ।’ उनले यो विषयमा संसद्मा पर्याप्त छलफल हुने वातावरण बन्नुपर्ने बताए ।