News Desk
काठमाडौं,४ फागुन। एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।आज संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।
उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ ।माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।