म्याग्देमा हातेटाक्टर मर्मत तालिममा युवाकाे सकियता
News Desk
Feb-18 , 2022 तारिख 08:43 बेलुका

म्याग्देमा हातेटाक्टर  मर्मत तालिममा युवाकाे सकियता                                     म्याग्दे / ६ फागुन : म्याग्दे गाउँपालिका वडा न २ मा हाते टाक्टर मर्मतसम्भार सम्वन्धि सिपमुलक तालिम सचालन भएकाे छ ।                                  म्याग्दे गाउँपालिकाकाे अायाेजनामा बिहीबारदेखि सचालन भएकाे उक्त तालिममा १२ जना सहभागी भएका छन् । म्याग्दे गाउपालिकाका अध्यक्ष माया देवि राना अालेले सिकेकाे सिपलाई व्यवहारमा लागू गर्दा अाम्दानि गर्न सकिने बताउनुभयो । गाउँपालिकाले कृषकलाई हातेटक्टर वितरण गरेकाेले मर्मत सम्वन्धि सिपमुलक तालिम दिएर साे विषयमा दक्ष वनाउन लागिएकाे अध्यक्ष रानाले वताउनुभयाे ।                 कृषि व्यवसायमा सलग्न तथा हाते टक्कर भएका व्यक्तिहरूलाई व्यवसायमा सहज हाेस भन्ने उदेश्यका साथ सिपमुलक तालिम छनाेट गरि दिईएकाे उधाेग शाखा प्रमुख प्रदिप न्याैपानेले जानकारि दिनुभयाे । टक्करमा सामान्य समस्या अाउदा अाफैले मर्मत  सम्भार गरन सक्कुन र टाढावाट मिस्त्रि ल्याएर मर्मत गर्नुपर्ने अवस्थामा परिवर्तन गर्ने उदेश्य तालिमकाे रहेकाे  न्याैपानेले वताउनुभयाे । तालिममा सहभागी प्रशिक्षार्थि विनाेद श्रेष्ठ लगायतका युवाहरू तालिम पाएकाेमा खुसी हुँदै सकिय रूपमा सहभागी भएकाछन । शिवशिखर एर्गाे प्रा. लि. पाेखराका  दिनेश थापा प्रशिक्षक रहेकाछन् ।