एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति– 'विदेशी सामु झुकेर गरेको बचकना निर्णय'
News Desk
Feb-20 , 2022 तारिख 12:02 बेलुका

काठमाडौँ —  ०८ फागुन २०७८     

काठमाडौँ , एमसीसी संसद्‌मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ । पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय 'बचकना' भएको बताएका छन् । 

'यो विदेशी शक्तिको सामू झुकेर गरिएको बचकना निर्णय हो', ईकान्तिपुरसित उनले भने, 'यो संसद्‌मा कसरी टेबल हुन्छ ?' 

( कान्तिपुर दैनिक )