अबमेयाङको ह्याट्रिकमा बार्सिलोना विजयी
News Desk
Feb-21 , 2022 तारिख 11:31 बिहान

म्याड्रिड — ०९ फागुन २०७८   

पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मद्दतले स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई ४–१ ले हरायो ।यस जितपछि लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेल पुगेको छ । फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए र भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए ।

बार्सिलोनाका लागि अर्को गोल फ्रेन्क डे जोङले गरे । भ्यालेन्सियाका लागि भने कार्लोस सोलेरले गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ४२ अंकमा चौथो स्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले मार्लोकालाई २–१ ले हरायो । उसको ४६ अंक छ ।             

( कान्तिपुर दैनिक )