वरिष्ठ पर्यटन व्यवसायी पौडेल नेपालका लागि हवाई राज्यको मानार्थ महावाणिज्यदूत नियुक्त
News Desk
Feb-21 , 2022 तारिख 03:44 बेलुका

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता तेजेन्द्र शर्मा पौडेल हवाई (मुख्यतया संयुक्त राज्य अमेरिका) को अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएका छन् । उनलाई हवाई राज्यका विदेश मामिला राज्यमन्त्री यूसेफ इहद्देनले नियुक्त गरेका हुन ।

उनको नियुक्ति पस्चात सम्प्रेषण गरिएको पत्रमा मन्त्री इहद्देनले भनेका छन्, 'म, युसेफ इहाद्देन, स्वतन्त्र र सार्वभौमसत्ता - हवाई राष्ट्रका परराष्ट्र राज्यमन्त्री, तेजेन्द्र शर्मा पौडेलको निष्ठा र क्षमतामा विशेष विश्वास व्यक्त गर्दैछु भन्ने तपाईलाई थाहा छ। साँच्चै र इमानदारीपूर्वक हवाई राष्ट्रका मानार्थ महावाणिज्यदूतको कर्तव्यहरू छन्, र जनताको सहमतिमा राष्ट्र आफैले गठन र नियुक्त गरेको छ, र यी उपहारहरूद्वारा तेजेन्द्र शर्मा पौडेललाई हवाईको मानार्थ महावाणिज्यदूतको रूपमा गठन र नियुक्त गर्दछ। अन्यथा आदेश नभएसम्मका लागि उक्त कार्यालयमा कानुनी रूपमा संलग्न सबै अधिकार, विशेषाधिकार र पारिश्रमिकहरू सहित हवाई राष्ट्र जसको गवाही, मैले दुई हजार बाइस वर्षको जनवरी २० को दिन मेरो हातबाट दिएर हवाई राष्ट्रको छाप टाँस्न लगाएको छु।’

संयुक्त राज्य अमेरिकाको हवाई राज्यका लागि नेपालको महावाणिज्यदूतमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै पौडेलले नेपाल र हवाईबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र नेपालको पर्यटन तथा द्विपक्षीय सम्बन्धको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले दुवै राष्ट्रको हितमा आफुले सार्थक प्रयास जारी राख्ने बताए । पौडेलले सकेसम्म धेरै पर्यटक नेपाल भित्र्याउने, अन्य सम्भावित व्यापार गर्ने र नेपालको ग्रामीण क्षेत्रलाई विश्वमा प्रवद्र्धन गर्न अगाडि बढ्नमा आफ्नो चासो रहेको बताउँदै गाउँले पर्यटन नेपाल (भिटोन) मार्फत संस्कृति, परम्परा र ऐतिहासिक पक्षमा काम गर्ने लक्ष्य आफुले लिएको उल्लेख समेत गरे ।

को हुन् पौडेल ?

तेजेन्द्र शर्मा पौडेल नेपालका एक प्रतिष्ठित पर्यटन व्यवसायी एवम् समाजसेवी हुन् । उनी विगत ३० वर्षदेखि व्यवस्थापन र व्यापारको क्षेत्रमा सक्रिय छन् । उनको जन्म सन् २०३० मा भएको थियो । उनको बुबाको नाम हेम शर्मा पौडेल र आमाको नाम हेमकुमारी पौडेल हो । पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र कलेजबाट मानविकी संकायमा स्नातक गरेका छन् । गाउँले पर्यटन–नेपाल (भिटोनका राष्ट्रिय अध्यक्ष समेत रहेका पौडेल एक्रस वल्र्ड ट्राभल प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । एशिया नेपाल हलिडे प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पौडेल नेपालका लागि युक्रेन–रुसका शाही दूत र नेपालका लागि न्यू स्पेनका अवैतनिक दूत पनि हुन् । उनी युनाइटेड पिस किपर्स फेडरल काउन्सिल (UNPKFC) (मुख्यालय थाइल्याण्ड) का वरिष्ठ सल्लाहकार समेत हुन ।

उनले नेदरल्याण्डमा कुरोदैया अन्तर्राष्ट्रिय महासंघका लागि राजदूतका रूपमा पनि काम गरिसकेका छन् । पौडेललाई नेपाल सरकारको मन्त्रिपरिषद्ले नेपाल पर्यटन वर्ष २०२० आयोजक समितिको सदस्यमा नियुक्त गरेको थियो। गत महिना मात्रै उनलाई अन्तर्राष्ट्रिय स्तरमा युएन पीकेएफसी मानवीय नेतृत्व पुरस्कार प्रदान गरिएको थियो।

स्पष्टवक्ताको छवी बनाएका पौडलको सबल पक्ष भनेको निडर स्वभाव र दृढ आत्मविश्वास रहेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका परिवारका सदस्य उनी नेपालको राजपरिवार र राणा परिवारसँग पनि उत्तिकै नजिक छन् । तर, उनी कुनै पनि कुरासँग आबद्ध हुनुभन्दा स्वतन्त्र विचारक र राष्ट्रवादीका रूपमा आफुलाई चिनाउन चाहन्छन् । उनी बुबालाई आफ्नो आदर्श मान्छन् । सैनिक अस्पतालमा कार्यरत आफ्ना बुबाको मिहिनेतप्रति आफु नतमष्तक हुने गरेको उनी बताउँछन् ।