दोरम्बा सांस्कृतिक महोत्सव आयोजना गर्न फाउण्डेसन र कलाकार समाज बीच सम्झौता
News Desk
Feb-21 , 2022 तारिख 08:02 बेलुका

 

काठमाडौं  ।  रामेछाप जिल्ला दोरम्बा शैलुङ्ग गाउँपालिका वडान २ स्थित दोरम्बा बजारमा बृहत दोरम्बा सांस्कृतिक महोत्सव आयोजना गर्न दोरम्बा फाउण्डेसन    र कलाकार समाजले सहकार्यका लागि सम्झौता गरेका छन्                                                                                                             । आज काठमाडौ स्थित इन्द्रेणी फुट्ल्यान्डमा एक कार्यक्रम माझ दोरम्बा फाउण्डेसनका अध्यक्ष बिजय लामा र रामेछाप  सांस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले आर्थिक साझेदारीपत्रमा सम्झौता गरेका हुन ।  

   स्थानीयस्तरमा आयोजना हुने मेलालाई लक्षीत गरी सो कार्यक्रम साझेदारी गरिएको फाउण्डेसनका  अध्यक्ष लामाले बताए। फाउण्डेसनले  स्वास्थ्य, शिक्षा र खेलकुद गतिविधिमा  स्थानीय स्तरमा सहयोग उपलब्ध गराउदै आएकोमा सांस्कृतिक कार्यक्रम समेत जोड्न पाउदा खुशी महसुस भएको अध्यक्ष लामाले व्यक्त गरे।उनका अनुसार जनस्तरमा मनोरञ्जनात्मक कार्यक्रम मार्फत समाजको सांस्कृतिक पहिचान हुनेमा आफुहरु बिश्वस्त रहेकाले सहकार्य गरेको धारणा उनले राखे ।
        
सोही अबसरमा रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले स्थानीय संघ संस्थाको सहकार्यले कलाकारलाई सम्मान हुने साथै प्रोत्साहन पनि मिल्ने भएकोले साझेदारी फलदायी हुने धारणा व्यक्त गरे ।  
             
अध्यक्ष कार्कीले दोरम्बा सांस्कृतिक महोत्सवमा मुख्य आयोजक कलाकार समाज र सहआयोजकमा फाउण्डेसन रहने गरि सम्झौता सम्पन्न  भएको जानकारी दिए ।  कार्यक्रममा समाजसेवी एवम्  चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।