कैलालीमा हतियारसहित ३ जना पक्राउ
News Desk
Feb-24 , 2022 तारिख 12:35 बेलुका

धनगढी — १२ फागुन २०७८    

धनगढी , सशस्त्र प्रहरी बलको गस्ती टोलीले बिहीबार बिहान साढे ४ बजेतिर कैलालीको कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट ३ जनालाई हतियारसहित पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले एक थान बारबोर बन्दुक र ५ कार्तोस (गोली) बरामद गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नं. ३४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार पक्राउ परेकाहरुमा कैलारी गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायतको कमाण्डको टोली जंगल आसपासको क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । थप कारबाहीका लागि पक्राउ परेकाहरुलाई नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।   

( कान्तिपुर दैनिक )