झापाको दोमुखामा आगलागी, दुई जना घाइते
News Desk
Feb-25 , 2022 तारिख 11:36 बिहान

बिर्तामोड — १३ फागुन २०७८    

बिर्तामोड , झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा आगलागी भएको छ । आगलागीमा परेर दुई जना घाइते भएका छन् । आगलागीबाट चार वटा होटल र एउटा युवा क्लबको अफिस जलेर नष्ट भएको छ । राति ११ बजे दोमुखास्थित दोमुखा पर्यटकीयस्थलको सामुदायिक भवनमा आगलागी भएको थियो ।

विद्युत् सट भएर लागेको आगोले भवनमा रहेका चार वटा होटल र एउटा युवा क्लबको अफिस पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोले पोल्दा स्थानीय ४३ वर्षीया बालिका भण्डारी र उनकी छोरी १४ वर्षीया अस्मिता भण्डारी घाइते भएका हुन् । आमा बालिकाको हात तथा छोरी अस्मिताको अनुहार र हातमा आगोले पोलेको प्रहरीले जनाएको छ । आगो राति साढे एक बजे नियन्त्रणमा लिइएको थियो ।     

( कान्तिपुर दैनिक )