एमसीसीबारे एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा
News Desk
Feb-25 , 2022 तारिख 03:05 बेलुका

काठमाडौँ — १३ फागुन २०७८    

काठमाडौँ , नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएपछि पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालले नेता झलनाथ खनाल, विराेध खतिवडा र गंगालाल तुलाधरसँग छलफल गरिरहेका छन् । एमसीसीबारे झलनाथ खनालले चर्काे विराेध गरिरहेका बेला माधव नेपाल भने मध्यमार्गी बाटाे खाेज्न लागेका छन् । नेकपा एसका अन्य मन्त्रीहरु पनि एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन् ।         

( कान्तिपुर दैनिक )