साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षमा श्रेष्ठ
News Desk
Feb-28 , 2022 तारिख 07:42 बेलुका


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ चयन भएका छन् । कर्पोरेशनको १०१६औं संचालक समिति  बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । 


यसअघि स्व. लक्ष्मीदास मानन्धर कर्पोरेशनको  संचालक समिति  अध्यक्ष थिए ।  गत माघ ०६ गते मानन्धरको स्वर्गारोहण भई अध्यक्ष पद रिक्त हुन आएको थियो ।