समाजसेवी लामाद्वारा निर्मित ’नाच्नु गाउनु नै हो जीवन’ मा धिरेन शाक्यको दमदार अभिनय
News Desk
Feb-28 , 2022 तारिख 09:01 बेलुका

 

काठमाडौं ।  राजगद्दी आरोहण झल्को दिने गरी राजधानीको लाजिम्पाट स्थित नेपाली चुलोमा "नाच्नु गाउनु नै हो जीवन"म्युजिक भिडियोको छाँयाकन सम्पन्न भएको छ। उक्त म्युजिक  भिडियोमा सदाबहार नायक धिरेन शाक्य र नायिका अञ्जली अधिकारीको दमदार अभिनय रहेको छ ।  राजकीय ठाँट र भेषभुसा सहित अर्का चर्चित कलाकार सुरवीर पन्डितले बेजोड अभिनय पस्केका छन् । दर्जनौं कलाकार माझ प्रफुल्ल मुद्रामा शब्द रचनाकार एवम्  निर्माता ज्ञान बहादुर लामा उपस्थित रहेका थिए।गितकार लामाले खुशी हुनु र रमाउनु भन्ने भावले जीवनलाई उमंग दिने तर्क पेश गर्दै स्रोता तथा दर्शकको मनमा बस्ने गित तयार गरेको बताए।

यस गितमा सुजन तामाङको स्वर रहेको छ। मनोरञ्जनात्मक र आधुनिक परिवेश लयमा मौलिक नेपालीको प्रतिबिम्ब हुने नाच्न समेत सकिने "नाच्नु गाउनु नै हो जीवन"म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन्  ।  सयौ म्युजिक र फिल्ममा समेत निर्देशन गरिसकेका गुरुङले आफ्नो पारङ्गत निर्देशन पस्केका छन् ।  शैली र सहज भुमिकाले आफुले  कलाकारहरुलाई प्रस्तुत हुन निर्देश गर्ने गरेको गुरुङले बताए।एक सन्दर्भमा निर्देशक गुरुङले भने ‘चलेको ट्रेन र आमदर्शकलाई भिडियो हेर्दा आनंद महसुस हुने गरि म्युजिक भिडियो छायांकन गरिएको छ’ । 

क्वालिटी फिल्म कम्पनीले  तयार गरेको म्युजिक भिडियोलाई आगामी नयाँ बर्षको पुर्बसन्ध्यामा दर्शकमाझ ल्याउने तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ । भिडियोलाई राजेन्द्र बजगाइले एरेन्ज र रेकर्डिङ सुरेश राईले  गरेका हुन।उक्त भिडियोमा ड्रोन च्यान्बा,सिनेमाट्रोग्राफी सम्भु चालिसे ,मेकअप तथा हेयर आर्टीस्ट उर्मिला लामा रहेका छन्         ।  उक्त म्युजिक भिडियोमा कलाकार माधव खनाल ,पुर्णिामा लामा, नवराज जंग थापा ,सुमन खड्का लगायतका दर्जनौं कलाकारहरुको अभिनय रहेको छ ।