शिखर बौद्धिक व्यक्तित्व माणिकलाल श्रेष्ठको वार्षिक स्‍मृतिमा पुस्तक सार्वजनिक
News Desk
Mar-05 , 2022 तारिख 06:36 बिहान

 

काठमाडौं ।  शिखर बौद्धिक व्यक्तित्व, प्राध्यापक एवम्  वामबुद्धिजिवी स्व. माणिकलाल श्रेष्ठको प्रथम वार्षिक स्‍मृतिमा पुस्तक सार्वजनिक  गरिएको छ । स्व. श्रेष्ठको व्यक्तित्व एवम् किर्तीगाथालाई समेटेर श्रष्टा नेपालद्वारा प्रकाशित  ‘प्रा. माणिकलाल श्रेष्ठ स्‍मृतिमा’ नामक उक्त पुस्तकको लोकार्पण शुक्रबार  राजधानीमा आयोजित एक कार्यक्रम माझ नेपाल मजदुर किसान  पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्षे (रोहित) ले गरेका थिए ।  

पुस्तकको लोकार्पण गर्दै नेमकिपा अध्यक्ष विजुक्षेले स्व. श्रेष्ठ वाम आन्दोलनका एक सच्चा अनुयायी हुनुका साथै शिखर बौद्धिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे । कार्यक्रममा स्वर्गिय श्रेष्ठका सुपुत्र डा. माणिकलाल श्रेष्ठ, परिवारका  सदस्यहरु उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ लगायतले स्व. श्रेष्ठको आनीबानी, स्वभाव आदी बिषय बारे चर्चा गर्दै उनी एक कुशल अभिभावक एवम् मार्गदर्शक समेत रहेको स्मरण गरे । कार्यक्रम माझ श्रष्टा, बुद्धिजिवी लगायतले स्वर्गिय माणिकलाल श्रेष्ठ प्रखर बुद्धिजिवी, मातृभाषाको श्रिँब्रिद्धीमा अनवरत लाग्ने भाषासेवी, कम्युनिष्ट सिद्धान्तका प्रकाण्ड जानिफकार रहेको चर्चा परिचर्चा गरेका थिए ।