नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा कराते प्रतियोगिता शुरु
News Desk
Mar-05 , 2022 तारिख 07:04 बिहान

नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा कराते प्रतियोगिता शुरु 

यस नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा बुरुन्चुली डोजोको संयोजकत्वमा  छैठौं राष्ट्रिय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट(क्योकुशिन¬–सेईसिन) कराँते प्रतियोगिता तथा प्रथम गोदावरी मेयर कप–२०७८ शुक्रबार देखी शुरु भएको छ ।  फागुन २० र २१ गते दुई दिनसम्म सन्चालन हुने उक्त कार्यक्रमको समुदघाटन  राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले पानसमा दिप प्रज्वलन गरी गरेका थिए । 


त्यसैगरी जापानबाट खेलाडीको हौसला बढाउन नेपाल आएकी नेप्लिज फेशन होमकी अध्यक्ष तथा संघकी केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धरले मन्तब्य ब्यक्त गरेकी थिईन् । संघका केन्द्रिय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ साथै बिश्व क्योकुशिन कराँते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको  सभापतित्वमा भएको उक्त कार्यक्रममा बुरुन्चुली डोजो कार्यसमितिका अध्यक्ष खडक शिंह ऐरीले स्वागत मन्तव्यका साथै गोदावरी न.पा.७ का वडा सदस्य बिष्णु प्रसाद तिमिल्सिनाद्धारा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । पूर्व  मिस नेवाः नितु डंगोलले उदघोषण गरेको उक्त कार्यक्रममा प्रमुख आकर्षणका रुपमा वर्तमान मिस नेवाः बिजेता कृषा मर्हजनको बिशेष उपस्थिती रहनुका साथै बिशेष अतिथीहरु रा.खे.प.सदस्य जनक बर्ताैला,वडा सदस्य जगत स्याङताङ, वडा सदस्य शान्ता मार्पा तामाङ, वडा सदस्य मान बहादुर तामाङ तथा अतिथीहरुमा बुरुन्चुली सामाजिक संस्था अध्यक्ष कृष्ण तामाङ, टिका भैरब बोर्डिङ स्कुलका संचालक प्रकाश खत्री कार्यक्रममा उपस्थित रहेका थिए । 

संघबाट आयोजना गरिएकोे प्रतियोगितामा नेपालको ७ सातै प्रदेश तथा नेपाली सेनाको विभागिय टोलीका महिला र पुरुष  तौल समूहमा विभाजित १४ वटा तौल समूहका खेलाडीहरु तथा अफिसियालहरु गरी जम्मा ३५० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिता कार्यक्रममा डब डान्स स्टुडियोका समुहले संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए भने जुरीमा संघका महासचिव प्रविण बस्नेत, मुख्य निर्णायकमा प्रशिक्षक राजु तामाङ, प्रशिक्षक हेराकाजि देशार, प्रशिक्षक राजेश महतो तथा निर्णायकहरुमा प्रशिक्षक सन्तोष कुमार गुप्ता, प्रशिक्षक जेन कुमार तामाङ, प्रशिक्षक बिशाल बल, प्रशिक्षक श्याम बहादुर तामाङ, प्रशिक्षक बुद्ध लामा, प्रशिक्षक जयराम थिंङ, प्रशिक्षक राजकुमार बल, प्रशिक्षक दिलिप देशार, प्रशिक्षक बिजय कुमार तामाङ, प्रशिक्षक राजेश बस्नेत, नेपाली सेनाको तर्फबाट निर्णायकमा प्रशिक्षक छोप बहादुर भुजेल तथा प्रशिक्षक अमर लामा रहेका  थिए ।