News Desk
काठमाडौं, २२ फागुन । बुढीगण्डकी जलविद्युत् आयोजना प्रमुखमा जगतकुमार श्रेष्ठ नियुक्त भएका छन् । पेशाले इन्जिनियर रहेका उनलाई आइतबारको ऊर्जामन्त्रीस्तरीय निर्णयबाट २ वर्षका लागि आयोजना प्रमुखमा नियुक्त गरिएको हो ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको संयोजकका रुपमा रहेर ईन्जिनियर श्रेष्ठले जिम्मेवारी वहन गर्नुपर्नेछ । श्रेष्ठ इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पूर्वाधार yविकास अध्ययन केन्द्रका निर्देशन तथा पुल्चोक क्याम्पस सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक हुन् । यसअघिका आयोजना इकाइ संयोजक कृष्णबहादुर कार्कीलाई सरकारले गत माघमा नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेसँगै रिक्त हुन आएको प्रमुखको पदमा श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठले सिभिल इन्जिनियरिङमा पोर्चुगलबाट पीएचडी गरेका छन् ।
उनी गोरखा भिमसेन थापा गाउँपालिका बगुवाका स्थायी बासिन्दा हुन ।