News Desk
काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित दरबार मलमा ब्रान्डेड पर्फयूमको बिक्री आउटलेटको सुरुवात भएको छ ।
नेपालमा तीस बर्षदेखि अन्तराष्ट्रिय ख्याती प्राप्त पर्फयूम ब्रान्डहरुको आयात तथा बिक्री बितरण गर्दै आईरहेको इना ग्रुप सेन्टर अन्तर्गतको धर्मपथ, न्यूरोड र सिभिल मल पश्चात यो तेस्रो बिक्री कक्ष हो । अन्तराष्ट्रिय ब्रान्डहरु क्लाईभ क्रिस्चियन, युकेका उत्पादनहरु १८७२ मस्कुलाईन, १८७२ फेमिनाइन, क्लाईभ क्रिस्चियन (युके) जस्ता उच्च गुणस्तरिय पर्फयूमहरु तथा युकेमा उत्पादित लिक्विड इमाजिनरिज, इटालियन ब्राण्डको ब्लडि उड, मेलाल कोकी, सानसाइट, सक्सेस नामको पर्फयूमहरुको नेपालको लागि आधिकारीक बिक्रेता इना ग्रुप सेन्टर रहेको छ । साथै यो आउटलेटमा मानसेरा, मोन्टाले, निशाने, प्रिन्सेस मेरिना डि बाउबन, लालिक्ब्यु, जागुर, गुसी जस्ता अन्तराष्ट्रिय ब्रान्डका पर्फयूमहरु पनि उपलब्ध छन् ।
दरबारमार्गको आउटलेटको उद्घाटन पाइलट तथा कलाकार विजय लामा, गहना तथा आभुषण व्यवसायी ज्योत्सना श्रेष्ठ, मोडेल तथा युवा व्यवसायी अनुजा आचार्य र इना ग्रुपका सन्चालक राजु शिवाकोटी र उद्धव बर्तौलाको हातबाट एक कार्यक्रमका बीच सम्पन्न भयो ।