नारी दिवसको अवसरमा भक्तपुर र ललिपुरमा विविध कार्यक्रम सम्पन्न
News Desk
Mar-09 , 2022 तारिख 05:21 बेलुका

 भक्तपुर,२४ फागुन । ११२ औं अन्तराष्ट्र्रिय महिला दिवस २०२२ को अवसरमा सामाजिक न्याय र लौङ्गिक समानता: दिगो विकासको सुनिश्चितता भन्ने राष्ट्रिय नारा सहित भक्तपुर जिल्लामा युवाका साथ साथ आवाज नेपालको आयोजना र इह्रिकन, हामी दाजु भाई, युवालय,योसान संस्थाहरुको सहकार्यमा भक्तपुर जिल्लाका युवाहरुसँग चिया गफ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुवँरले नारीको सम्मान भए मात्र समाज र राष्ट्रको विकास हुने र नारी माथि हुने हिंसा, दुर्व्यवहार र विभेदहरुलाई न्युनिकरण गर्न युवाहरुको निकै ठुलो भुमिका रहेको उल्लेख गरिन्।

त्यसैगरि गैसस महासंघ नेपाल जिल्ला शाखा भक्तपुरको आयोजनामा र इह्रिकन, मानविय आस्था नेपाल, टौमढी युथ क्लब, सामाजिक विकास तथा अनुसन्धान केन्द्र, मानव अधिकार तथा विकास मञ्च, याभ नेपालको सहकार्यमा अन्तराष्ट्र्रिय महिला दिवशको अवसरमा पाचँतले मन्दिर अगाडि दिप प्रज्ज्वलन कार्यक्रम गरि महिला दिवस मनाइएको थियो । कार्यक्रममा जिसस उपप्रमुख सरिता कुवँर, सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु, युवाहरु लगायतको सहभागिता रहेको थियो ।

साथै इह्रिकनको आयोजनामा ललितपुरको गोदवारी नगरपालिका वडा नं.१२ ठेचोमा स्थानीय नागरिकहरुको अगुवाइमा दिप प्रज्ज्वलन गरि मनाइएको थियो ।