संखुवासभामा बस दुर्घटना : कम्तीमा ७ जनाको मृत्यु
News Desk
Mar-10 , 2022 तारिख 10:43 बिहान

संखुवासभा —  २६ फागुन २०७८    

संखुवासभा , संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस मादी नगरपालिका वडा नम्बर ६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

ईकान्तिपुरसँगको कुराकानीमा उनले भने, 'दुर्घटनामा ७ जनाको मृत्यु भएको सूचना आएको छ । घाइते ३ जनाको उद्धार गरी चैनपुर पठाइएको छ । अहिले पनि उद्धारको कार्य जारी छ ।' दुर्घटनास्थल सदरमुकामदेखि ६० किलोमिटर पूर्वमा रहेको उनले बताए । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।    

( कान्तिपुर दैनिक )