News Desk
संखुुवासभा — २६ फागुन २०७८
संखुुवासभा , संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ३ जनाको जीवितै उद्धार गरिएको छ ।
दुर्घटनामा मृतकहरुको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
( कान्तिपुर दैनिक )