News Desk
रोल्पा — २६ फागुन २०७८
रोल्पा , रोल्पा नगरपालिकाले हालसम्म १५ वटा ऐन र २४ वटा कार्यविधि बनाए पनि आर्थिक र जनशक्ति अभाव एवं भौगोलिक कठिनाइले कार्यान्वयन गर्न चुनौती देखिएको जनाएको छ । नगरले सामाजिक परिचालन, सामाजिक सुरक्षा परिचालन कार्यक्रम, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिलगायत बनाएको हो ।
‘बालविवाह रोकथाम गर्न तीन वर्षअघि बनाइएको कार्यविधि कार्यान्वयन गर्न बजेट अभाव छ,’ उपप्रमुख मनकुमारी घर्तीमगरले भनिन् । नगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले आवश्यकताका आधारमा निर्माण गरिएका ऐन र कार्यविधिको प्रयोग र कार्यान्वयन क्रमशः हुने विश्वास गरे ।
( कान्तिपुर दैनिक )