धनुषा कांग्रेसमा फेरि मतदान
News Desk
Mar-10 , 2022 तारिख 11:06 बिहान

धनुषा — २६ फागुन २०७८    

धनुषा , नेपाली कांग्रेस धनुषा जिल्ला अधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि बिहीबार पुनः मतदान हुने भएको हो । 

पहिलो चरणमा सभापतिका उम्मेदवार योगेन्द्र पजियारले सर्वाधिक १ हजार २ सय ४८ मत ल्याएका छन् । त्यस्तै, सन्तोष यादवले ८ सय ८२ र दिनेशप्रसाद प्रसैला यादवले ६ सय ३० मत प्राप्त गरे । धनुषामा जम्मा ३ हजार १ सय १९ मतदाता रहेकामा पहिलो चरणमा २ हजार ९ सय १८ मत खसेको थियो । अब पहिलो र दोस्रो भएका पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।       

( कान्तिपुर दैनिक )