दस दिनपछि खुल्यो विद्यालय
News Desk
Mar-10 , 2022 तारिख 11:21 बिहान

पाँचथर — २६ फागुन २०७८    

पाँचथर , ‘ज्याभ्लिङ थ्रो’ अभ्यासका क्रममा छात्रको निधन भएपछि फागुन १५ देखि बन्द भएको फालेलुङ–२ स्थित सिद्धकाली माविमा १० दिनपछि बुधबारदेखि खुलेको छ । ‘ज्याभ्लिङ थ्रो’ को रडले लागेर १० वर्षीय छात्र अनुश राईको १६ फागुनमा निधन भएसँगै विद्यालय बन्द थियो ।

मृतकका परिवार सदस्यलाई गाउँपालिकाले १२ लाख रुपैयाँ उपलब्ध गराउने, विद्यालय परिसरमा मृतक छात्रको सालिक राख्नेलगायतमा सहमति भएपछि विद्यालय खुलेको हो । कक्षा ४ अध्ययनरत अनुशको मृत्युपछि आफन्तले विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाही भएको भन्दै आन्दोलन सुरु गरेपछि पठनपाठन ठप्प भएको थियो ।    

( कान्तिपुर दैनिक )