इथियोपियामा खडेरीका कारण ८ लाख विस्थापित
News Desk
Mar-10 , 2022 तारिख 11:26 बिहान

जेनेभा — २६ फागुन २०७८    

जेनेभा , इथियोपियामा खडेरीका कारण ८ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । लामो समयदेखिको खडेरीका कारण ८ लाख ४५ हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारको प्रयासका बाबजुद नागरिक विस्थापित हुने क्रम जारी रहेको जनाएका हुन् । उनका अनुसार १५ लाखभन्दा बढी पशुचौपाया मरेका छन् ।

खडेरीसँगै खाद्यान्नको समेत अभाव भएको उनले जनाए । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले प्रभावितलाई आवश्यक सहयोग पुर्‍याउनका लागि प्रयास गरिरहेको डुजारिकले जनाए । तर कतिपय स्थानमा वितरण भइरहेको मानवीय सहायता पर्याप्त नभएको उनले जनाए । उनका अनुसार खडेरीका कारण ४० लाखभन्दा बढी प्रभावित भएका छन् ।     

( कान्तिपुर दैनिक )