News Desk
संखुुवासभा — २६ फागुन २०७८
संखुुवासभा , झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा परेका ५ जनाको जीवितै उद्धार गरिएको छ । स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
( कान्तिपुर दैनिक )