५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क
News Desk
Mar-11 , 2022 तारिख 04:16 बेलुका

काठमाण्डौं ।  सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्न निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।