शान्ता बाँस्कोटा कोइराला नेपाल घरेलु तथा साना उद्योग महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित
News Desk
Mar-12 , 2022 तारिख 08:23 बेलुका

 

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय महाधिवेशनले शान्ता बाँस्कोटा कोइरालालाई एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । बिरगंजमा २५, २६ र २७ गते भएको महासंघको महाधिवेशनबाट उनी एसोसिएट तर्फ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन । उक्त महाधिवेशनको समुदघाटन    प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए । महाधिवेशनले उमेश प्रसाद सिंहको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।  

को हुन् शान्ता बाँस्कोटा कोइराला ? 

शान्ता बाँस्कोटा कोइरालाको जन्म पाँचथरको फिदिममा भएको हो ।  उनी एक सफल महिला उद्यमी हुन । नेपालको पहिलो अर्गानिक चिया उद्योग कंचनजंघा टि स्टेट एण्ड            रिसर्च सेण्टरकी कार्यकारी प्रमुख हुन बाँस्कोटा । सहकारी आन्दोलनका अग्रणी  व्यक्तित्व, हरित एवम्  जैविक अभियानका शि र्ष पुरुष काँग्रेसका चर्चित एवम् आदर्शवान् नेता दिपक प्रकाश बाँस्कोटाकी छोरी हुन उनी । सन् २००९ मा नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय महिला उद्यम समितिको सदस्यबाट व्यवसायिक राजनीतिमा पाईला टेकेकी उनी गएको कार्यकालमा महिला उद्यमी समितिमा महासचिवको भूमिकामा थिईन् ।  उनी अर्गानिक एशोसियसनको महासचिव समेत हुन ।