बेस्ट मोडल अफ दी ईयरको उपाधी ममता माझिलाई, फेस अफ स्मार्ट किड्सको उपाधी अलास्का थापा र रयान अर्यालको हातमा
News Desk
Mar-13 , 2022 तारिख 04:37 बेलुका

 

काठमाडौँ — फाल्गुन २९, २०७८। 

युथ कृयसन नेपालद्धारा आयोजित बालबालिका केन्द्रित  “फेस अफ स्मार्ट किड्स २०२२” र युवायुवती केन्द्रित “मिस्टर एन्ड मिस बेस्ट मोडल अफ दी ईयर २०२२” को अन्तिम प्रतिस्पर्धा राजधानीको गोंगबूस्थित बिजी बैंक्वेटमा सम्पन्न भएको छ। 

पूर्व राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा ममता माझिले “बेस्ट मोडल अफ दी ईयर २०२२” को शिर्ष उपाधी हात पार्न सफल भईन।  त्यसैगरी “फेस अफ स्मार्ट किड्स २०२२” तर्फ अलास्का थापा र रयान अर्यालले बिजेता बन्दै शिर्ष उपाधी हात पारे।  सोही प्रतियोगितामा तेजस्वी सुबेदी र युवान दाहाल फर्स्ट रनरअप घोषित भएका थिए। 

अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा  नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ रबि लामा तामाङले जनाए ।