News Desk
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।कर्पोरेशनको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त घोषणा गरेको हो । कर्पोरेशनले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिन लागेको हो । जसमा बोनस १० र कर प्रयोजनको लागि ०.५० प्रतिशत रहेको छ ।
कर्पोरेशनले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।